भूकम्प स्मृतिकै दिन पुनर्निर्माणमा खटिएका इन्जिनियरद्धारा सामूहिक राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2019 | 05:49:31 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएका छन् । भूकम्पपछिको पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले आफूहरुको सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग सरकारले सुनुवाई नगरेको भन्दै सामूहिक राजीनामा दिएका हुन् । 

४ वर्ष अघि आजकै दिन भूकम्प गएको स्मृतिमा पुनर्निर्माणका इन्जिनियरहरुले सरकारले आफूहरुको माग सुनुवाइ नगरेको भन्दै काठमाण्डौमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको जानकारी गराएका छन् । 

नौ महिनासम्म पनि सरकारले आफूहरुको माग सुनुवाई नगरेबमे भन्दै ३२ जिल्लामा पुनर्निर्माणमा खटिएका इन्निनियरहरुले राजीनामा दिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हक हित संरक्षण समितिका अध्यक्ष अविनाश अमरले जानकारी दिए । 

राजीनामा बुझाएका इन्जिनियरहरुले सरकारले आफूहरुका माग सम्बोधन गरे पुनर्निर्माणको काममा फर्कने बताएका छन् । प्राधिकरण मातहत ४ हजार इन्जिनियर कार्यरत छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved