विद्यालय समयमा मोबाईल फोन प्रयोग गर्न नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2019 | 03:29:59 PM मा प्रकाशित

laxmi  sunrise bank

पाल्पाको एक सामुदायिक विद्यालयमा मोबाईल फोन निषेध गरिएको छ । रामपुर नगरपालिका–४ देवीस्थानस्थित कालिका आधारभूत विद्यालयले  मोबाइल फोन प्रयोगमा  निषेध गरेको हो । 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न विद्यालयले कक्षा कोठाभित्र शिक्षकलाई मोबाईल फोन प्रयोगमा रोक लगाएको हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र शिक्षक कर्मचारीको सहमतिमा यो निर्णय भएको हो । विद्यालयले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कुनै पनि शिक्षक वा कर्मचारीले मोबाईल फोन प्रयोग गर्न नपाउने नियम लागू गराएको छ । 

कक्षाकोठाभित्रै  मोबाइल फोनको प्रयोग गर्दा शैक्षिक गुणस्तर खस्किँदै गएको गुनासो आएपछि निषेध गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराम ठाडाले बताए ।  । उनका अनुसार कक्षा कोठाभित्रै शिक्षण कार्य रोकी शिक्षक फोन उठाएर आनन्दले कुराकानी गरेर बस्ने भएकोले विद्यालयले यो निर्णय गरेको उनको भनाई छ । 

विद्यालयले  नयाँ शैक्षिक सत्रबाट विद्यालय समयभित्र मोबाइल फोन निषेध गर्ने कार्य शुरु गरिएको अध्यक्षको भनार्इ छ । अति आवश्यक काम परे प्रधानाध्यापकको मोबाइलबाट शिक्षकलाई अनूकुल समय मिलाएर कुरा गराउने व्यवस्था मिलाइएको छ । खाजा खाने समयबाहेक अरु समय मोबाइल फोन प्रधानाध्यापकको निगरानीमा राख्ने व्यवस्था गरिएको प्रधानाध्यापक सोमबहादुर सेन बताउँछन्  ।

यस विद्यालयमा कक्षा नर्सरीदेखि चार सम्म अङ्ग्रेजी माध्यम र पाँचदेखि आठसम्म नेपाली माध्यममा पठनपाठन भइरहेको छ । हाल विद्यालयमा १३० विद्यार्थी र  शिक्षक कर्मचारी गरी १० जना कार्यरत छन् ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved