सरकारी गाडी लिएर बिहेमा गएका मेयरलाई फोटोग्राफरका कारण फसाद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2019 | 03:37:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक संजाल केहि दिन यता एक नवदम्पतिको फोटो भाईरल भईरहेको छ। उक्त फोटोमा एउटा सरकारी नम्बर प्लेटको गाडीमा नव दम्पतिले फोटो शुट गरिरहेको देख्न सकिन्छ । फोटोमा दुलाहा गाडी भित्र छन् भने दुलही गाडी बाहिर छिन् । दुलाहाले गाडी भित्रबाट गाडी बाहिर रहेकी दुलहीको हात समातेका छन् । 

फोटोमा सरकारी गाडी प्रयोग भएपछि यसको चर्को आलोचना र बिरोध भएको छ । केहिले विवाह प्रयोजनको लागि सरकारी गाडी प्रयोग गरिएको भन्दै यसको आलोचन समेत गरेका छन् । 

के हो वास्तविकता ? 

फोटोमा भाईरल भएका दुलाहा महेश पण्डित र दुलही किरण लामा हुन् ।  उनीहरुले गत बैशाख ७ गते काठमाडौँमा प्रेम विवाह गरेका हुन् । विवाह समारोह कै क्रममा फोटोग्राफर अमृत सुर्खेतीले उक्त फोटो खिचेका हुन् । सुर्खेतीले आफ्नो स्टुडियोको फेसबुक पेज स्टार फोटो स्टुडियोबाट उक्त फोटो सार्बजनिक गरेका थिए ।  त्यहि फोटो अहिले सरकारी नम्बर प्लेटका कारण भाईरल भएको हो । 

फोटोमा देखिएको सरकारी गाडी भने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालको हो । मेयर डम्बर अर्यालका उनी पनि सोहि विवाहमा पुगेका थिए ।  उनी भन्छन् 'म विवाहमा गएको थिए, गाडी मैले चढ्ने गरेको नै हो, पार्किङमा राखेको बेला ड्राइभरले नाई भन्न सकेनछ र फोटो खिचेछन्, मलाई यसबारे धेरै जानकारी छैन'।  

निजि प्रयोजनको लागि किन सरकारी गाडी प्रयोग गरेको भन्ने बिजपाटीको प्रश्नमा उनले भने 'नगरेर पनि के गर्नु ? कहिलेकाही हतार हुन्छ, समय धेरै हुदैन'।  यस बिषयमा उनले थप केहि कुरा गर्न चाहेनन् । 

उता फोटोग्राफर सुर्खेतीले भने फोटो आफ्नो पेजबाट हटाईसकेका छन् ।  उनको आफ्नो पेजबाट हटेपनि फोटो भने भाईरल भई रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved