ठूलो भूकम्प पछि दशौं बर्षसम्म परकम्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2019 | 03:53:09 PM मा प्रकाशित

laxmi  sunrise bank

चार वर्ष अघि गएको भूकम्पको परकम्पन बेलाबेलामा आईरहेको छ । यो परकम्प दशौं वर्षसम्म पनि आईरहने विज्ञको भनाई छ । प्रा डा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो ।

उनका अनुसार जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहन्छ । भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको भन्दै उनले यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने बताए । ठूला भूकम्पपछि बाँकी रहेको शक्तिका कारण परकम्पन आइरहने पौडेलले बताउँछन्। जमीनभित्र भौगर्भिक हलचल निरन्तर भइरहेको सङ्केत परकम्पनले दिने गर्दछ ।

सोही ठाउँमा तत्काल ठूला भूकम्प जाने सम्भावना रहे पनि केही समयपछि भने परकम्पन मात्र जाने प्रा डा बताउँछन् । जमीनमुनिको शक्ति भूकम्पीय तरङ्गले बाहिर ल्याउँदा सतहमा भएका संरचनामा कम्पन आउने गर्दछ । विसं १९९० मा पूर्वी नेपालको चैनपुर केन्द्रविन्दु भई महाभूकम्प जाँदा १० हजार ७०० ले ज्यान गुमाएको र त्यसको प्रभाव भारतको दरभङ्गासम्म पुगेको उनी बताउँछन् ।

विसं २०४५ मा धरानमा ६ दशमलव ४ रेक्टरको भूकम्प गएको थियो ।  पश्चिम नेपालमा भने ५०० वर्षभन्दा बढीदेखि ठूला भूकम्प नगएको प्रशस्त शक्ति सञ्चय भईबसेको छ । यसले गर्दा पश्चिम नेपाल भूकम्पको जोखिममा रहेको उनको भनाई छ । 

भूकम्पले नभई संरचनाले क्षति पु¥याउने भएकाले बलिया संरचना बनाउन सरकारले सचेत गराउनुपर्ने पौडेल बताउँछन् । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved