'कम्युनिष्टमा सरकारी जग्गा आफ्नै नाम गरिहाल्ने प्रवृत्ति'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2019 | 11:08:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले कुकुरलाई बिजुलीको खम्बा र कम्युनिस्टलाई खाली जग्गा देख्नै नहुने भनेर नेकपा सरकारको आलोचना गरेका छन।

रौतहटको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस रौतहटले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले कम्युनिस्टहरूले खाली जग्गा देख्यो कि आफ्नो नाममा गर्ने गरेको आरोप लगाए।

वालुवाटारको ललिता निवासको जग्गा नेकपाका महासचिव विष्णु पौडेलले छोराको नाममा गरेको सन्दर्भमा बोल्दै महासचिव शाहीले कुकुरले बिजुलीको खम्बा देख्ने बित्तिकै पिशाव गरेजस्तै कम्युनिस्टले खाली जग्गा देख्ने बित्तिकै अतिक्रमण गरिहाल्ने प्रवृत्ति देखिएको बताए ।

‘बालुवाटार आफ्नो नाममा कब्जा गरेका कम्युनिस्ट नेताहरू अब पनि खाली जग्गा देख्ने बित्तिकै कब्जा गर्लान्,’ उनले भने । शाहीले वर्तमान सरकार हरेक ठाउँमा असफल भएको बताए । उनले सरकारी जग्गा कब्जा गर्नेहरूलाई प्रधानमन्त्री ओलीले संरक्षण गरेर बालुवाटारमा राखेको आरोप समेत लगाए। दुई महिना अगाडि रौतहटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पनि प्रदेश २ स्तरीय आमसभाको आयोजना गरेको थियो । सोही कार्यक्रमलाई काउन्टर दिने गरि रौतहट कांग्रेसले आमसभाको आयोजना गरेको हो।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved