बसबाट खसेर एक जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2019 | 04:56:32 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ । दोलखाबाट काठमाडौँ आउँदै गरेको आउँदै गरेकोे बा ३ ख ३२६१ नम्वरको बसको ढोकाबाट खस्दा मन्थली नगरपालिका २ की सुमित्रा कार्कीको मृत्यु भएको हो । ढोकाबाट खसेकी उनलाई गाडी गुड्ने क्रममा ठक्कर दिएको थियो ।

घटनास्थलमा गम्भिर घाइते भएकी उनलाई मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काभ्रेको धुलीखेल तर्फ ल्याउँदै गर्दा बीच बाटोमा नै मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी सोही स्थानकी अन्दाजी १६ बर्षिय मनिषा कार्कीको भने धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved