केटी जिस्काएको विषयमा बेहुला र बेहुली पक्षबीच कुटाकुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2019 | 01:57:09 PM मा प्रकाशित

laxmi  sunrise bank

गोरखामा जन्ती र बेहुली पक्षबीच कुटाकुट हुदाँ एकजनाको मृत्यु भएको छ । केटी जिस्काएको निहुँमा बुधबार लमजुङको राइनस नगरपालिका–४ अल्कटारका जन्ती र गोरखा पालुङटार नगरपालिका–४ कुमाल गाउँका माइती पक्षबीच केटी जिस्काएको निहुमा कुटाकुट भएको हो । 

कुटपिटबाट घाइते जन्ती अल्कटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । बेहुली लिएर र्फकँदा १७–१८ जना युवाहरुले जन्तीपक्षलाई गाडी रोकेर कुटपिट गरेको प्रहरीले जनाएको छ।

एसपी भोला रावलका अनुसार घटनामा संलग्नहरुको खोजी भइरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved