आगामी आर्थिक वर्षमा सातै प्रदेशमा उद्योगको स्थापना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 06:27:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक वर्षमा सातै प्रदेशमा उद्योग स्थापना गर्ने भएको छ । आगामी चर वर्षभित्र सबै स्थानिय तहमा औद्योगिक ग्रामको स्थापना गरी सञ्चालनमा भएको हो । 

राष्ट्रपति बिद्यादेबी भण्डारीले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले आगामी आर्थिक बर्षमा सबै स्थानीय तहमा उद्योग सञ्चालनमा ल्याउने बताएकी छिन् । 

सरकारले आगामी आर्थिक वर्षदेखि नवलपरासीको धौबादीमा रहेको फलाम खानीबाट व्यवसायीक उत्पादन सुरु गर्ने भएको छ । साथै दैलेखको पेट्रोलियम, जाजरकोटको बहुमूल्य पत्थर र तामा, पर्वत र तनहुँको फलाम र मुस्ताङको युरेनियम खानी लगाएतलाई सञ्चालनमा ल्याउने योजना रहेको छ । सम्भाव्य स्थानमा सुन खानी उत्खनन्का लागी आगामी वर्ष अध्ययन सम्पन्न गरी सञ्चालनमा ल्याउनेछ । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved