अब मोटरसाइकल र स्कुटरमा अनिवार्य जीपिएस लगाउनुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2019 | 05:45:57 PM मा प्रकाशित

laxmi  sunrise bank

यातायात व्यवस्था विभागले निजी तथा सार्बजनिक सवारीमा जीपीएस जडान अनिवार्य गर्ने भएको छ ।

बिभागले आगामि आर्थिक बर्षभित्र उक्त योजना कार्यन्वयनमा ल्याउने गरि बिज्ञ राखेर काम अगाडि बढाउने तयारि गरेको छ । सवारिमा जिपिएस जडानको लागि प्रतिडिभाइस ३० डलर लाग्ने अनुमान गरिएको छ । जीपिएस ट्रयाकिङ मार्फत सवारी साधनलाइ एउटै कक्षबाट निरीक्षण गरेर अनुगमन गर्न सहज हुने भएकोले उक्त सिस्टम जडान गर्न लागिएको हो । 

सवारिहरुमा जीपिएस जडान गरेपछि एउटा कन्ट्रोल रुम बनाइनेछ । देशभरका सवारि साधन तेहि एउटै कक्षबाट निरिक्षण गरिनेछ । स्कुटर, मोटरसाइकल, निजि तथा सार्वजनिक सबै सवारिमा जिपिएस जडान अनिवार्य गराउने तयारि विभागको छ । 

जीपीएस सिस्टम मार्फत कुन सवारि कति बजे कहाँबाट छुट्यो अनि कति बजे कुन ठाउँमा पुग्यो थाहा पाउन सकिन्छ । कुन ठाउँमा सवारि दुर्घटना भयो त्यो पनि सिस्टम मार्फत थाहा पाउन सकिन्छ । जीपिएस सिस्टमको नियमन गर्ने जिम्मेवारि ट्राफिक प्रहरीलाई दिने तयारि छ । 

काडमाडौँ महानगरपालिकाले पनि सवारि साधनमा जिपिएस सिस्टम अनिवार्य रुपमा जडान गर्नुपर्ने ऐन निर्माण गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved