बालुवाटारको जग्गा कब्जाभित्र पनि अर्को बबाल, डुब्ने भए यी १५ बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 07:37:39 AM मा प्रकाशित

laxmi  sunrise bank

बालुवाटारस्थित ललितानिवासले चर्चित जग्गा धितो राखेर भूमाफियाले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको पाइएको छ। ललितानिवासको जग्गा धितो राखेर १५ बैंकबाट दुई अर्ब ३० करोड रुपैयाँभन्दा बढी कर्जा लिएको तथ्य खुलेको हो।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, भूमाफिया किटान गरिएका डा। शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा उनीहरूका परिवार र आधा दर्जन व्यापारिक घरानाले ती संस्थाबाट कर्जा लिएको नागरिक दैनिकले समाचार छापेको छ। २०६३ देखि २०७३ सालसम्मको अवधिमा उनीहरूले सरकारी जग्गा धितो राखेर कर्जा लिएको पाइएको छ। 

प्राप्त विवरणअनुसार भूमाफिया र व्यापारीले नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, कैलाश विकास बैंक, लक्ष्मी बैंक, हिमालयन बैंक, युनिक फाइनान्स, बैंक अफ एसिया, नेपाल डेभलपमेन्ट एन्ड इम्प्लोइमेन्ट कमर्सियल प्रमोसन बैंक, आर्यतारा बचत तथा सहकारी संस्था, काष्ठमण्डप डेभलपमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, किस्ट बैंक, यती डेभलपमेन्ट बैंक र आइएमई फाइनान्सियल इन्टिच्युसनबाट सो कर्जा लिएको देखिन्छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved