आज हावाहुरीसहित वर्षाको सम्भावना, सावधानी अपनाउन सुझाब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 08:04:59 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार आइतबार र सोमबार पश्चिमका थोरै स्थानमा र मध्य तथा पूर्वका धेरै स्थानमा हावाहुरी र वर्षाको सम्भावना छ। आइतबार साँझपख पश्चिमका केही भूभागसहित मध्य र पूर्वी भूभागमा हावाहुरीसहित पानी पर्ने सम्भावना भएको मौसमविद् मञ्जु बासीले बताए। पश्चिमी वायुको प्रभावका कारण मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना भएको हो । 

यस्तै आइतबार बेलुका हिमाली क्षेत्रमा हल्का  हिमपातको सम्भावना रहेको छ। ठूलो हिमपातको सम्भावना नभएकाले आत्तिहाल्ने अवस्था नभएको तर हिमाल आरोहणमा जाने पर्यटकले केही सावधानी भने अपनाउनुपर्ने बासिको भनाई छ। 

नेपालगञ्जको तापक्रम शनिबार यो वर्षकै सबैभन्दा धेरै ४३ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको थियो । आइतबार भने नेपालगञ्जसहित देशभरकै तापक्रम केही घट्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिबिसीको सहयोगमा 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved