बुद्ध जयन्तीमा साईकल वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 03:31:20 PM मा प्रकाशित

laxmi  sunrise bank

‘टूर डे लुम्बिनी’ले छात्राहरुका लागि साईकल वितरण गर्ने भएको छ । बुद्ध जयन्तीका अवसर पारेर ‘टूर डे लुम्बिनी’ले चितवन, रजहर र लुम्बिनीमा स्थानीय विद्यालयका विपन्न छात्राहरुका लागि साईकल वितरण गर्ने भएको हो ।

काठमाडौँबाट १०८ साईकल यात्रीलाई लुम्बिनी पुर्याएर शान्ति मनाउने र सोही अवसरमा साईकल वितरण गरिने ‘टूर डे लुम्बिनी’का महासचिव राजेन्द्र थापा मगरले जानकारी दिए । थाईल्याण्डबाट आएका पर्यटकको सहयोगमा ३ हजार डलरमा कतिवटा साईकल आउँछ त्यति वटै किनेर वितरण गरिने छ । यसका लागि साईकल यात्रामा सहभागी हुन थाईबाट आउने नागरिकले ३ हजार अमेरिकी डलर सहयोग पठाईसकेका छन् । 

साईकल पाउन योग्य छात्रा विद्यार्थीको छनौट गर्न टूर डे लुम्बिनीले सम्बन्धित विद्यालय र स्थानीय तहलाई जिम्मा दिएको छ ।

यसवर्ष शान्ति मनाउन र साईकल यात्रामा सहभागी हुन १० जना थाई नागरिक काठमाडौँ आउँदैछन् । गतवर्ष ३ जना आएका थिए भने आगामी वर्ष ३५ जना आउने तय भईसकेको छ ।

प्रत्येक वर्ष पर्यटन प्रवद्र्धनका लागि काठमाडौँ–लुम्बिनी साईकल यात्रा गर्दै आएको ‘टूर डे लुम्बिनी’ले यसवर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिने भएको छ । काठमाडौँबाट जेष्ठ १ गते हिड्ने र ४ गते लुम्बिनी पुगेर शान्ति अभियानमा सहभागी गराउने छ । यस अवसरमा ‘टूर डे लुम्बिनी’ले लुम्बिनी विकास कोषसँग मिलेर दुई सय विरुवा रोप्ने भएको छ । 

साईकल यात्रामा सहभागी हुन प्रतिव्यक्ति चार हजार पाँच सय (नेपालीको लागी) र सय डलर (विदेशीका लागि) तोकिएको छ । ‘टूर डे लुम्बिनी’ले आउने जाने व्यवस्था गर्नेछ । ‘टूर डे लुम्बिनी’ २०७० सालमा स्थापना भएको संस्था हो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved