'को बन्छ करोडपति' मा राजिव जैनले कसरि जिते एक करोड ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 10:16:30 PM मा प्रकाशित

laxmi  sunrise bank

'को बन्छ करोडपति' मा नयाँ कीर्तिमान बनेको छ। विराटनगरका राजिव जैनले एक करोड जितेर कीर्तिमान बनाएका हुन्। योसँगै उनी एक करोड जित्ने पहिलो सहभागी भएका छन्। 

अहिलेसम्मका सहभागीले ६ लाख ५० हजार मात्रै जितेका छ्न। राजीवले शनिबार प्रसारित कार्यक्रममा १३ प्रश्न मिलाएर २५ लाख जितेका थिए। शनिबार समय नपुगेको भन्दै प्रस्तोता राजेश हमालले बाँकी भाग अर्को दिनलाई सारेका थिए। 

शनिबार समय नपुगेर सकिएको यो कार्यक्रमा आइतवार बाँकी २ प्रश्नको उत्तर मिलाउँदै राजीवले एक करोड जितेका हुन् । १४ औँ प्रश्न ५० लाख रूपैयाँको थियो भने १५ औँ प्रश्न एक करोडको थियो। 

राजीवले २५ लाख रूपैयाँ जित्नुअघि नै तीनवटै लाइफ लाइन लिएका थिए। उनले बाँकी २ प्रश्न आफैले मिलाएर एक करोड रूपैयाँ मिलाएका हुन्। महानायक राजेश हमाल प्रस्तोता रहेको यो कार्यक्रममा एक करोड रूपैयाँ जित्ने पनि उनी नै पहिलो सहभागी हुन्। 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved