संस्कृतिविद् सत्यमोहन जोशीलाई चीन भ्रमणको निम्तो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2019 | 02:07:56 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृतिविद् सत्यमोहन जोशीलाई चीन भ्रमणको निम्तो आएको छ । शुक्रबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ललितपुरको बखुम्बहालस्थित जोशीको निवासमै पुगेर भेट गरी चीन भ्रमणको प्रस्ताव पनि गरेकी छिन् । 

वैशाख ३० गतेबाट सय वर्ष लागेका जोशीले भने उमेरका कारण आफू चीन भ्रमणका लागि असमर्थ रहेको प्रतिक्रिया दिएका छन् । ४५ मिनेट लामो कुराकानीमा राजदूत यान्छीले संस्कृतिविद् जोशीको सुस्वास्थ्य एवं दीर्घजीवनको कामना समेत गरेकी थिइन् । जोशीले सो अवसरमा अरनिकोको बारेमा आफूले लेखेका कृतिहरु तथा अरनिको र नेपाल एवं चीनको सम्बन्ध बारेमा र चिनियाँ भाषाको बारेमा आफूले गरेको अनुसन्धानको विषयमा राजदुत यान्छीलाई जानकारी गराएका थिए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved