प्रधानन्यायधीशको बोल्ड कदम, इतिहास मै पहिलो पटक न्यायधीश बिरुद्द नै भ्रष्ट्राचार मुद्दा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2019 | 08:34:25 PM मा प्रकाशित

laxmi  sunrise bank

न्याय परिषद्को बैठकले जिल्ला न्यायाधीश ओमकार उपाध्यायविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको छ । परिषदले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा न्याय सेवामा जागिर खाएको दाबीसहित उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको हो। शैशिक प्रमाणपत्र विवाद आएपछि उनी परिषद्मा काजमा थिए । न्यायाधीशविरुद्ध यस्तो मुद्दा पहिलो पटक दायर हुन् लागेको हो ।

त्यस्तै बैठकले जिल्ला न्यायाधीश विश्वमङ्गल आत्रेयलाई पदमुक्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । उनले मलेसियाई भीसा प्रकरण (बायो मेट्रिक)मा ३ अर्ब बिगो सहित दायर भएको मुद्दामा ३ लाख धरौटीमै आरोपितलाई उन्मुक्ति दिएका थिए । उनी ललितपुर जिल्ला अदालतका न्यायाधीश थिए भने हाल परिषद्मा अध्ययनका लागि काजमा थिए ।

बैठकले अर्का जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँलाई सफाइको मौका दिने निर्णय गरेको छ । उनी काठमाडौँ अदालतबाट परिषद्मा अध्ययनका लागि तानिएका थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved