फेसबुक मार्फत हुने विज्ञापनलाई करको दायरामा ल्याउने तयारी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 13, 2018 | 09:03:27 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले इन्टरनेटको माध्यमबाट सामाजिक संजालमा हुने बिज्ञापनलाई करको दायरामा ल्याउने तयारि थालेको छ। सोसियल मिडियाबाट हुने कारोबारको दायरा बढ्दै गएपछी अर्थमन्त्रालयले यसलाई करको दायरामा ल्याउन अध्ययन सुरु गरेको हो। 

फेसबुक, ट्विटर, युटुब जस्ता सामाजिक संजालमा नेपालबाट हुने विज्ञापन र त्यसमा हुने कारोबारलाई करको दायरामा ल्याउन अध्ययन सुरु गरिएको अर्थ मन्त्रालयको राजश्व सचिव शिशिर ढुंगानाले जानकारी दिए।

पछिल्लो समय नेपालबाट सामाजिक संजालमा विशेषगरी फेसबुकमा विज्ञापन धेरै हुने गरेको छ। नेतादेखि  मन्त्रीसम्म, चिया पसलेदेखि ठुला कर्पोरेट हाउससम्म र बिभिन्न बैंक वित्तीय संस्थाहरुले फेसबुक मार्फत विज्ञापन गरिरहेका छन्। त्यसको भुक्तानीको प्रक्रिया, खर्च, लागत जस्ता विषयमा अध्ययन गर्न आन्तरिक राजश्व विभागलाई निर्देशन दिइएको ढुगानाले बताए।

नेपालबाट भुक्तानीकाे बाटाे सहज नभएपनि निजि क्षेत्रले मात्र नभई सरकारी स्वामित्वकै स‌ंस्थाहरुले पनि फेसबुकमा स्पाेन्सर गर्न गरिरहेका छन। अधिकांशले विदेशमा भएका साथीभाईहरुको बैंक खाता, पेपाल, पेनियोर लगायतका माध्यमबाट भुक्तानी गरिरहेका छन। जसले हुण्डीकारोबारलाई घुमाउरो बाटोबाट प्रोत्साहन दिइरहेको छ। 

सामाजिक संजालबाट हुने विज्ञापनलाई करको दायरामा ल्याउन खोजिएको तर यसको अर्थ सामाजिक संजालमै कर लगाउने भन्ने कुरा सत्य नभएको ढुंगानाको भनाइ छ। सामाजिक संजाल वा इन्टरनेटको माध्यमबाट हुने सबै कारोबारलाई कसरी करको दायरामा ल्याउने भन्ने विषयमा अध्ययन सुरु भएको र सम्भवतः अर्को वर्षदेखि लागू हुने अधिकारीहरुको भनाइ छ।


 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved