एसिया कप छनौट : नेपाल र ताजकिस्तान भिड्दै, नेपाललाई जित्नै पर्ने दबाब (लाइभ)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 10, 2017 | 05:02:24 PM मा प्रकाशित

laxmi  sunrise bank

एसिया कप २०१९ को छनौट अन्तर्गत नेपाल र् ताजिकिस्तानबीचको खेल सुरु भएको छ। नेपाल र ताजिकिस्तानबीचको खेल ताजकिस्तानको घरेलु मैदान हसोर रंगशालामा जारि छ। 

 एसिया कपमा छनौट हुने सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योटुकी कोजीले आजको खेल जित्दै तीन अंक थपेर स्वदेश फर्किने उद्देश्य रहेको बताएका छन् । 

चार टिम सहभागी समूह ‘एफ’ मा तीन खेलबाट एक अंकमात्र जोडेको नेपाल पुछारमा छ । सात अंक जोडेको फिलिपिन्स पहिलो र पाँच अंकसहित यमन दोश्रो स्थानमा छन् । एक महिनाअघि एन्फा कम्लेक्स सातदोबाटो ललितपुरमा भएको खेलमा नेपाललाई हराएको ताजकिस्तान तीन अंकसहित तेश्रो स्थानमा छन् ।

समुहको शीर्ष दुईमा रहने टोली एसिया कप्को लागि छनौट हुनेछ । आज ताजकिस्तानसँगको खेल जित्न नसकेमा नेपालको शीर्ष दुईमा परेर एसिया कपमा छनौट हुने संभावना सकिने छ । 

आजको खेलपछि नेपालले फिलिपिन्ससँग काठमाडौंमा र यमनसँग उसकै मैदानमा खेल्न बाँकी हुन्छ । खेल https://mycujoo.tv/tff?id=4553 मा लाइभ हेर्न सकिने छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved