१० रन डिफेन्ड गर्न बाँकि रहंदा ४ बलमा बंगलादेशको ३ विकेट लिए पनि जित्न सकेन नेपाल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 11, 2017 | 01:52:06 PM मा प्रकाशित

laxmi  sunrise bank

एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ  । मलेशियामा भएको खेलमा नेपाल बंगलादेशसंग २ विकेटले पराजित भएको हो  । नेपालले दिएको १८१ रनको लक्ष्य बंगलादेशले १ बल बाकि रहदै ८  विकेटको क्षतिमा ३९.५ ओभरमा भेट्टायो  । 

 १० रन डिफेन्ड गर्न बाँकि रहंदा नेपालले  ४ बलमा बंगलादेशको ३ विकेट लिएको थियो । नेपालले ३८.४, ३८.५ र ३९.१ ओभरमागरी ४ बलमा ३ विकेट लिएको थियो । तर त्यसले हार भने टार्न सकेन । अन्तिम ओभरमा बंगलादेशलाई जितको लागि १० रन चाहिएको थियो । त्यसको पहिलो बल विकेट गयो भने दोस्रो चौका, तेस्रो १, चौथो चौका र पाचौ १ रन भएपछि नेपाल पराजित भएको हो  ।  

बंगलादेशको लागि मेम शेखले अर्धसतकीय पारि खेल्दै सर्बाधिक ५२ रन जोडे  । 

नेपालको लागि सन्दिप लामीछाने  र  कमल सिंह ऐरीले समान २-२ तथा , दिपेन्द्र सिंह ऐरी, कोशोर महतो  र अनिल कुमार शाहले समान १-१ विकेट लिए । 

यस अघि नेपालले बंगलादेशलाई जितको लागि १८१ रन्को लक्ष्य दिएको थियो  ।  टस हारेर ब्याटिंगमा उत्रेको नेपालले ४०.१ ओभरमा ६ विकेटको क्षतिमा १६७ रन जोड्दा खेल वर्षाका कारण प्रभावित भएको थियो । त्यसपछि डिएल मेथडको आधारमा बंगलादेशले १८१ रन्को लक्ष्य पाएको थियो  । 

नेपालका लागि भिम शर्कीले सर्बाधिक ४४ रन, रोहित पौडेलले ४० रन, आशिफ शेखले ३० रन, अनिल शाहले १९ तथा दिपेन्द्र सिंह एरिले १२ रन जोडे । ओपनर जितेन्द्र सिंह ६ रन मै आउट भए भने प्रकाश केसी ४ र कमल सिंह एरि ६ रनमा नत आउट रहे ।  

 एसीसी यू-१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल रहेको समूह ए मा नेपालसहित भारत, बंगलादेश र मलेसिया रहेका छन् भने समूह बी मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन्। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved