चीनलाई ५० रनले हराएपनि नेपाल विश्वकप छनोटबाट बाहिर

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 26, 2017 | 10:33:13 AM मा प्रकाशित

laxmi  sunrise bank

थाइल्याण्डको बैंककमा जारी आइसिसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले दोस्रो जित हात परेको छ। बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भएको खेलमा नेपाली चेलीहरुको कसिलो बलिंगका कारण नेपालले चीन बिरुद्दको खेलमा जित हासिल गरेको छ। 

पहिलो ब्याटिङ गरको नेपालले चीनलाई १०३ रनको लक्ष्य दिएको थियो। १०३ रनको लक्ष्य पछाएको चीनले १८.२ ओभरमा अलआउट हँुदै ५२ रनमात्रै बनाउन सक्यो।

चीनलाई सस्तोमा समेट्नका लागि नेपालको तर्फबाट कप्तान रुविना क्षेत्री र सब्नम राईले समान ३–३ विकेट लिए । त्यस्तै, सीता राना मगरले २ र करुणा भण्डारीले १ विकेट लिए । चीनका लागि हान लिलिले १५, कोयायुन झौले १० र जाङ याङलिङले ९ रन बनाएपनि अन्य खेलाडीले राम्रो खेल्न सकेनन् ।      

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १०२ रन बनाएको थियो । प्रतियोगिताकै कमजोर टोली चीनविरुद्ध नेपाली ब्याट्वुमनहरुले खराब ब्याटिङ गरेका थिए । 

नेपालले मात्र २० रन जोड्दा दुई ओपनर सीता राना मगर र ज्योती पाण्डेलाई गुमाएको थियो । सीता ४ रनमा आउट भइन् भने ज्योतीले ९ रन जोडिन् । तर, मध्यक्रममा ब्याटिङ गर्न आएकी काजल श्रेष्ठले १६ तथा नेरी थापाले ११ रन बनाएर नेपालको पारी उकासेका थिए ।

नेपालले यस अघिको खेलमा मलेसियालाई ३३ रनले पराजित गर्दै पहिलो जित निकालेको थियो। नेपालको पहिलो २ खेल वर्षाको कारण प्रभावित हुँदा नेपाल अंक बाड्न बाध्य भएको थियो भने तेस्रो खेलमा नेपाल पराजित भएको थियो । नेपालले चीन र मलेसियालाई पराजित गरेपनि विश्वकप छनोटबाट बाहिरीएको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved