महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 29, 2017 | 02:06:40 PM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण एशियाली फुटबल महासंघले अण्डर– १५ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।  आज सार्वजनिक गरेको खेल तालिकानुसार नेपालले आफ्नो पहिलो खेलमा पुस २ गते बंगलादेशको सामना गर्ने भएको छ । 

 त्यसैगरी नेपालले आफ्नो दोस्रो खेलमा पुस ४ गते भारतको र  तेस्रो तथा अन्तिम खेल पुस ६ गते भुटानसँग खेल्नेछ ।

राउण्ड रोविन लिगअनुसार हुने उक्त खेलमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले पुस ९ गते फाइनल खेल्नेछन् । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानका गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपका सबै खेलहरु ढाकास्थित वीरश्रेष्ठ सहि सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा हुनेछ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved