आइपीएल सिजन ११ को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ। क्रिकेट जगतकै सबै भन्दा ठुलो फ्रेंचाइज आइपीएलमा चेन्नई सुपर किंग्सले सनराइज हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक उपाधि जितेको हो।
पहिले ब्याटिङ गरेको सनराइज हैदरावादले दिएको १७८ रनको लक्ष्य चेन्नई सुपर किंग्सले २ विकेटको क्षतिमा १८ ओभर ३ बलमा भेट्टाएको हो। चेन्नई सुपर किंग्सका ब्याट्सम्यान सेन वाटसनको उत्कृष्ट ब्याटिङको मद्दतमा चेन्नईले उपाधि माथि कब्जा जमाएको हो। वाटसनले ५७ बलमा नटआउट ११७ रन जोडे। त्यस्तै सुरेश रैनाले २४ बलमा ३२ रन जोडे।
आइपीएल सिजनमै उत्कृष्ट बलिंग गरेका अफगानिस्तानका खेलाडी रसिद खानले उत्कृष्ट बलिंग गरेपनि वाटसनको जादुमय ब्याटिङका कारण चेन्नई सुपर किंग्सले तेस्रो पटक आइपीएल जितेको हो। सनराइज हैदरावादका लागि ब्रेथवेट र सन्दिपले समान १-१ विकेट लिए।
सनराइज हैदरावादले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १७८ रन जोड्यो। सनराइजका लागि विलियाम्सनले ४७ तथा युसुफ पठानले ४५ रन जोडे। त्यस्तै शिखर धवन र शकिबले क्रमश: २६ र २३ रन जोडे।
दुइ बर्ष पछि आइपीएल प्रतियोगितामा खेल्न आएको चेन्नई सुपर किंग्सले तेस्रो पटक उपाधि जित्दै आइपीएलमा ह्याट्रिक गरेको छ। यस अघि चेन्नई सुपर किंग्सले २०१०, २०११ मा आइपीएलको उपाधि जितेको थियो। आइपीएलको ११ औं सिजनको उपाधि जितेको चेन्नई सातौँ पटक फाइनल पुग्न सफल भएको छ भने प्रत्येक सिजनमा प्लेअफमा पुग्न सफल भएको छ।
जितसंगै चेन्नई सुपर किंग्सले भारु २० करोड पाएको छ भने सन २०१६ को सिजनमा उपाधि जितेको सनराइजले रनर अप बन्दै भारु १२ करोड ७५ लाख प्राप्त गरेको छ। तेस्रो तेस्रो तथा चौथो बनेका टिमले भारु ८ करोड ७५ लाख पाएका छन।