फुटबलमा म्याच फिक्सिङको आरोप लागेका ६ जनालाई अदालतको सफाई

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 07, 2018 | 01:21:39 PM मा प्रकाशित

laxmi  sunrise bank

विशेष अदालतले म्याच फिक्सिङको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका तत्कालिन कप्तान सागर थापा सहित ६ जनालाई सफाई दिएको छ  । बिहीबार विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, प्रमोद कुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले राज्यविरुद्धको अपराध मुद्दामा उनीहरुलाई सफाइको फैसला गरेको हो। 

२०७२ कात्तिक २२ गते उक्त मुद्दा विशेष अदालतमा दर्ता भएको थियो। उनीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो ।

अदालतले आरोपीहरु थापा सहित विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई सफाइ दिएको हो।

यी खेलाडीहरुले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेको आरोप लागेको थियो। उनीहरुले इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेत लगायतका राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेल खेलेको प्रहरी अनुसन्धानले देखाएको थियो । उनीहरुले खेल मिलेमतो गर्दा प्रति खेल ५ हजार अमेरिकी डलरसम्म लिने गरेको प्रहरीको अनुसन्धानमा उल्लेख छ । 

उनीहरू यसअघि नै धरौटीमा रिहा भइसकेका छन् । तर एसियाली फुटबल महासंघ एएफसीले भने म्याच फिक्सिङमा संलग्न सबैलाई २०७२ मंसिरदेखि आजीवन प्रतिवन्धको घोषणा गरिसकेको छ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved