नेपालले आफ्नो पहिलो एक दिवशीय खेल जित्नको लागि १९० रनको बिजयी लक्ष्य पाएको छ । नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्डबीच भएको खेलमा नेदरल्याण्डसले नेपाललाई १९० रनको लक्ष्य दिएको हो । टस जितेर ब्याटिंग गरेको नेदरल्याण्डसले ४७.५ ओभरमा अल आउट हुदै १८९ रन जोडेको हो ।
नेदरल्यान्डसको लागि माइकल रिपनले सर्बाधिक ५१ रन जोडे । नेदरल्याण्डसलाई सास्तैमा समेट्न नेपालका कप्तान पारस खडकाले सर्बाधिक ४ विकेट लिए भने सोमपाल कामीले ३ विकेट लिए । त्यस्तै बसन्त रेग्मी, सन्दिप लामिछाने, र करण केसीले समान १-१ विकेट लिए । सोमपाल र करणले समान १-१ ओभर मेडन समेत फ्यालेका थिए । ४ ओभर गरेका शक्ति गौचन भने विकेट बिहिन रहे ।
सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता तथा गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको थियो । गत चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको नेपालले आज पहिलो खेल खेलेको हो ।
नेपालले केहि बेरमा जवाफी ब्याटिंग गर्ने छ ।
हेर्नुस लाइभ । ।
लाइभ सौजन्य : कान्तिपुर टेलिभिजन