फिफाले वर्षको उत्कृष्ट तीन पुरुष खेलाडीको सूचीमा अर्जेन्टिनी स्टार लिओनल मेस्सी पर्न असफल भएका छन् । बिश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको अन्तिम ३ को मनोनयनमा क्रिस्टियानो रोनाल्डो, मोहमद सलाह र लुका मोड्रिच परेका छन् ।
पछिल्लो केही वर्षदेखि मेस्सी लगातार फिफाको शिर्ष ३ मा परेका थिए ।
फिफाले रोनाल्डोको उपलब्धिको रुपमा २०१६ मा च्याम्पियन्स् लिगको उपाधि जित्नु, फिफा क्लब विश्वकप जित्नु, च्याम्पियन्स लिगमा १५ गोल गर्नुलाई समेटेको छ । बिश्वकपमा भने पोर्चुगल अन्तिम १६ बाट नै बाहिरिएको थियो तर रोनाल्डोले ४ गोल गरेका थिए ।
त्यस्तै मोड्रिचले विश्वकपमा देशलार्इ फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए भने रियलले च्याम्पियन्स् लिग र क्लब विश्वकपको उपाधि जित्दा उनको ठुलो योगदान छ । उनले बिश्वकपमा २ पनि गरेका थिए ।
सलाहले लिभरपुललाइ च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका थिए भने प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए ।
यूएफाले केहि दिन अघि सार्बजनिक गरेको यूएफा अवार्डमा पनि यिनै खेलाडी अन्तिम ३ मा परेका थिए । जसमा मोड्रिचले उपाधि जिते । फिफाको अवार्डमा पनि रोनाल्डो मोड्रिचबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । उपाधिको टुंगो मतदानबाट लाग्ने छ । जसमा फिफा सदस्य राष्ट्रका कप्तान, प्रशिक्षक, खेल पत्रकार र फिफाका फ्यानहरुले मतदान गर्न पाउने छ ।
उपाधि घोषणा २३ सेप्टेम्बरमा हुनेछ ।