अफगानिस्तान प्रिमियर लिगको ड्राफ्टमा पारस र सोमपाल, हेर्नुस छनौटको लाइभ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 10, 2018 | 06:47:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र फास्ट बलर सोमपाल कामी अफगानिस्तान प्रिमियर लिग (एपिएल)को ड्राफ्टमा परेका छन। अफगानिस्तान क्रिकेट बोर्डले सार्बजनिक गरेको ड्राफ्टमा टेस्ट खेल्ने देश बाहेक नेपाल, ओमान, क्यानडा, हङकङका र युएई सहितका देशबाट ४ सय २५ जना खेलाडी समाबेश छन् । प्रतियोगितामा भारतित खेलाडी भने छैनन् । 

खेलाडी छान्नको लागि प्रक्रिया सुरु भएको छ । टिमहरुले पालैपालो खेलाडी छनौट गर्ने छन् । आयोजकले क्याटागोरीको नाम आइकन, डाइमन्ड, गोल्ड, सिल्भर, आइसीसी एसोसियट र इमर्जिङ भनेर राखेको छ। पारस र सोमपाल एसोसियटमा रहेका छन् । 

प्रतियोगितामा विभिन्न ५ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ। प्रतियोगिता अक्टोबर ५ देखि २१ तारिखसम्म युएईको सारजाह क्रिकेट मैदानमा हुनेछ।

हेर्नुस खेलाडी छनौटको लाइभ  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved