भाग्यले सेमिफाइनल पुगेको माल्दिभ्ससंग नेपाल स्तब्ध

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 12, 2018 | 06:32:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ  । आज भएको सेमिफाइनल खेलमा माल्दिभ्स संग ३-० गोल अन्तरले पराजित हुदै नेपाल बाहिरीएको हो । 

खेल सुरु भएको ९ मिनेट मै खेल खाएर पछाडी परेको नेपाल पुन: खेलमा फर्कन सकेन । खेलको अन्त्य तिर सम्हालिन नसक्दा नेपालले लज्जास्पद हार बेहोरेको हो । खेलको ८४ औ र ८६ औ मिनेटमा माल्दिभ्स गोल गर्दै माल्दिभ्सले फाइनल यात्रा पक्का गरेको हो ।  

अब माल्दिभ्सले आजै हुने भारत र पाकिस्तानबीचको खेलको बिजेतासंग उपाधिको लागि प्रतिस्पर्धा गर्ने छ । 

समुह चरणबाट भाग्यले सेमिफाइनलमा प्रवेश गरेको माल्दिभ्स फाइनल पुगेको हो ।  समुह चरणमा श्रीलंकासंग अंक बराबर भएपछि टस गर्दा माल्दिभ्स बिजयी भएको थियो । नेपाल भने समुह बिजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो ।  

नेपाल यसअघि सन् १९९५, सन् १९९९, सन् २०११ र २०१३ मा सेमिफाइनलसम्म पुगेको थियो । पाचौ प्रयासमा पनि नेपाल फाइनल पुग्न असफल भएको छ ।  

नेपालले साफ च्याम्पियनसीपमा माल्दिभ्सलाई अहिलेसम्म पराजित भने गर्न सकेको छैन । साफ च्याम्पियनसीपमा नेपाल र माल्दिभ्स आजको खेल सहित ७ पटक खेलेका छन् । जसमा ५ खेल माल्दिभ्सले जितेको छ भने दुई खेल बराबरीमा सकिएको थियो । नेपालले साफमा माल्दिभ्सविरुद्ध सात गोल गर्दा १७ गोल खाएको छ ।   

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved