बिपिएलमा सन्दिपको दोस्रो खेल सुरु, हेर्नुस लाइभ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2019 | 12:58:04 PM मा प्रकाशित

laxmi  sunrise bank


बङ्गलादेश प्रिमियर लिग (बिपिएल) खेल्न बङ्गलादेश गएका नेपाली युवा बलर सन्दीप लामिछानेले आज आफ्नो दोस्रो खेल खेल्दैछन् । लामिछाने रहेको सिलेट सिक्सर्स क्लबले मध्याह्न १२:१५ मा चितागोङ भीकिङससँग प्रतिस्पर्धा गर्दैछ । 

पहिलो खेलमा उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिए पनि सन्दीपको टोली पराजित भएको थियो । पहिलो खेलमा पराजित सन्दीपको टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । सिक्सर्स पहिलो खेलमा कोमीला भिक्टोरियन्ससँग पराजित भएको थियो । बिपिएलको डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप दोस्रो खेलमा समेत सोही प्रदर्शन दोहो¥याउने लक्ष्यमा छन् । अष्ट्रेलियामा जारी ‘बिग बास’ लिग बीचैमा छोडेर बङ्गलादेश प्रिमियर लिग (बिपिएल) खेल्न बङ्गलादेश गएका सन्दीपले पहिलो खेलमै दुई विकेट लिन सफल भएका थिए । 

बिग बासमा सन्दिपले हरेक खेलमा विपक्षी कप्तानको विकेट लिदै बिश्वभर चर्चा कमाएका थिए  ।  

हेर्नुस लाइभ : 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved