युएई बिरुद्दको टि २० शृंखला जितेपछि नेपाली खेलाडीहरुले आईसीसी बरियतामा छलांङ मारेका छन् । आईसीसीले सार्बजनिक गरेको पछिल्लो बरियतामा कप्तान पारस खड्का पहिलो पटक उत्कृष्ट ४० भित्र पर्न सफल भएका छन् । कप्तान खड्का अलराउण्डरको सुचिमा ३९ औ स्थानमा पर्न सफल भएका हुन् । खड्काले ७६ रेटिंग पोइन्ट पाएका छन्, जुन उनको करियर कै उच्च हो । ब्याटिंग तर्फपनि उनी ५ स्थान माथि उक्लदै ९० औ स्थानमा पुगेका छन्। यो पनि उनको करियर कै उच्च हो ।
बलिंगतर्फ सोमपाल कामी २२ स्थान माथि उक्लदै ७० औ स्थानमा पुगेका छन्। उनको पोइन्ट ४०९ पुगेको छ जुन उनको करियर कै उच्च हो । बसन्त रेग्मी पनि समान पोइन्टका साथ ७१ औ स्थानमा छन । त्यस्तै सन्दिप लामिछाने पनि ३६ स्थान माथि उक्लिएका छन् ।
अलराउन्डरको सुचीमा सोमपाल ५१ औ स्थानमा पुगेका छन् ।
शृंखला जितेपछि आईसीसी बरियतामा नेपालको छलाङ, ४ देशलाई पछाडी पार्यो