नेपाल यु–१५ साफ च्याम्पियनसिपको फाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2019 | 02:38:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल १५ वर्ष मुनिको पाँचौ साफ च्याम्प्यिनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतमा जारी प्रतियोगितामा नेपालले बिहिबार भुटानलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । नेपालको जितमा प्रदिप लम्सालले २ तथा अशिम राई, सुगम जिम्मी, क्रिस सापकोटा र निराजन खत्रीले १/१ गोल गरे । 

पाँच टोली सम्मिलित लिग चरणको पहिलो खेलमा नेपाल आयोजक भारतसँग ५–० गोलले पराजित भएको थियो । 

भारत र बंगलादेशबीचको खेलमा बंगलादेश पराजित भएपछि नेपाल फाइनलमा पुगेको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved