मेसीले बनाए पेलेसँग बराबरी गोलको कीर्तिमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2020 | 09:08:53 AM मा प्रकाशित

laxmi  sunrise bank

बार्सिलोनाका कप्तान लियोनल मेसीले फुटबलका महान हस्ति पेलेले बनाएको सर्वाधिक गोलको कीर्तिमानलाई बराबरी गरेका छन् । शनिबार भ्यालेन्सियाविरुद्धको खेलमा गोल गर्दै उनले एउटै क्लबबाट सबैभन्दा धेरै गोल गर्ने पेलेको कीर्तिमानलाई बराबरी गरेका हुन् । मेसीले बार्सिलोनाबाट ६४३ गोल गरेका छन् । 

शनिबारको भने भ्यालेन्सिया र बार्सिलोनाले २–२ को बराबरी खेले । मेसी र अरौजोले बार्सिलोनाको लागि एक एक गोल गरे भने डाखाबे र गोमेजले भ्यालेन्सियाका लागि एक एक गोल रचे । मेसीले पेनाल्टी मिस गरेको खेलमा बार्साका स्टार खेलाडी एन्टोनीयो ग्रिजम्यानले पहेँलो कार्ड पाए । 

पेलेले ब्राजिलियन क्लब सान्तोषमा १८ वर्ष बिताउँदै ६५६ खेलमा ६४३ गोल गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved