रग्बी संघको महाप्रबन्धकका लागि ३ जनाको नाम सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2020 | 09:37:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल रग्बी संघको महाप्रबन्धकका लागि तीन जनाको सिफारिस भएको छ । संघका उपाध्यक्ष दीपक देवकोटा संयोजकत्वको समितिले विजय खड्का, भूपेन्द्र थापा क्षेत्री र माया स्याङ्तनको नाम महाप्रवन्धकका लागि सिफारिस गरेको हो ।

शुक्रबार बस्ने कार्यसमितिको बैठकले एक जनालाई महाप्रबन्धकमा नियुक्त गर्नेछ । संघका अध्यक्ष टंकलाल घिसिङले सेप्टेम्बर २७ मा प्रकाशित विज्ञापनपछि ११ अक्टोबरसम्म २ सय ५६ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमा बेलायत, दक्षिण अफ्रिका, श्रीलंका र भारतका गरी आठ जना विदेशी थिए । 

समितिले ५ जनाको अन्तर्वार्ता लिएको थियो र त्यसैबाट तीन जनालाई सिफारिस गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved