आईपीएल: दिल्ली क्यापिटलले सन्दिप लामिछानेलाई रिलिज गर्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2021 | 05:00:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई उनको आइपीएल टिमले रिलिज गरेको छ । उनको टिम दिल्ली क्यापिटलले सन्दिप लामिछानेलाई रिलिज गरेको हो ।

यस संगै सन्दिपको दिल्ली क्यापिटलसँगको अवाद्दता तोडिएको छ । सन्दिप दिल्लीसँग ३ सिजनको लागि रहेका थिए । तर पछिल्लो सिजनमा भने उनले एक खेल पनि खेल्न पाएनन् । 

अब फेब्रुअरी ११ मा हुने अक्सनमा कुनै टिमले सन्दिपलाई खरिद गरे मात्र उनले आईपीएल खेल्न पाउने छन् । सन्दिपलाई दिल्ली आफैले पनि अक्सन मार्फत खरिद गर्न सक्ने बाटो भने खुला नै छ । दिल्लीले सन्दिपसंगै ओपनर जेसन रोय, विकेटकिपर अलेक्स क्यारी, बलर मोहित शर्मालाई रिलिज गर्ने निर्णय गरेको ईएसपीएन क्रिकइन्फोले जनाएको छ । 

आईपीएल टिमहरुले कुन कुन खेलाडीलाई रिलिज गर्ने हो भन्ने निर्णय गर्नको लागि आजसम्मको समय पाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved