कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनालाई, मेस्सीको २ गोल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2021 | 08:50:55 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । एथ्लेटिक विल्बाओलाई ४–० ले पराजित गर्दै बार्सिलोनाले ३१औं पटक कोपा डेल रेको उपाधि उचालेको हो । 

१२ मिनेटको अन्तरमा ४ गोल गर्दै बार्साले कोपा डेल रेको उपाधि जितेको हो । यसअघि नै सर्बाधिक उपाधि जित्ने कीर्तिमान कायम गरिसकेको बार्साले पुनः एक पटक उपाधि उचाल्दै ३१ औं पटक कोपा डेल रे जित्ने कीर्तिमानी कायम गरेको हो । 

एन्टोइन ग्रिजमनले फ्रेन्की डी जोङको पासमा गोल गरी ६० औं मिनेटमा क्लबलाई अग्रता दिलाए । ६३ औँ मिनेटमा डीजोङ आफैंले गोल थपेपछि बार्सिलोना २–० ले अगाडी भयो । 

बाँकी दुई गोल भने सुपरस्टार लियोनल मेस्सीको नाममा रह्यो । मेस्सीका लागि यो सातौं कोपा डेल रे उपाधि हो ।

यो उपाधि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानका लागि पहिलो हो । ला लिगामा बार्सिलोना तेस्रो स्थानमा छ । कोपा डेल रेको उपाधि उचालेपछि प्रशिक्षक कोम्यानले ला लिगाको पनि अन्तिम खेलसम्म उपाधिका लागि भिड्ने प्रतिक्रिया दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved