साफ च्याम्पियनसिप फुटबलमा नेपालको बिजयी सुरुवात, माल्दिभ्स बिरुद्द शानदार जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2021 | 11:45:58 PM मा प्रकाशित

laxmi  sunrise bank

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण अन्तर्गतको पहिलो खेलमा नेपालले बिजयी सुरुवात गरेको छ। आयोजक माल्दिभ्सलाई १ गोलले पराजित गर्दै साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करणमा नेपालले बिजयी सुरुवात गरेको हो। 

मनिस डाँगीले ८६ औं मिनेटमा माल्दिभ्स बिरुद्द शानदार गोल गर्दै नेपाललाई जित दिलाएका हुन्। यससंगै नेपालले प्रतियोगितामा ३ अंक जोड्न सफल भएको छ। बंगलादेशसँगै शीर्ष स्थानमा रहेको छ ।

नेपालका लागि सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका डाँगीले मैदानको मध्य भागबाट बल अगाडि बढाएर दुई प्रतिद्वन्द्वी खेलाडीलाई कटाएर गोल गर्न सफल भएका हुन्।   

दोस्रो हाफको सुरुआतदेखि नेपाल केही आक्रामक देखिएको थियो र अन्तत: यसले नतिजा पनि देखायो । खेलको ५९ औं मिनेटमा नेपालका लागि किरण लिम्बूले उत्कृष्ट बचाउ गरेका थिए।


पहिलो हाफमा बराबरी खेलेको नेपालले दोस्रो हाफमा उत्कृष्ट प्रदशन गर्दै जित निकाल्न सफल भएको हो। खेल नेपाली समयअनुसार ९ः४५ बजे सुरू भएको हो।      

आजको खेलसंगै नेपालले माल्दिभ्सलाई ५ पटक हराएको छ भने ४ खेलमा बराबरी तथा ९ खेलमा पराजित भएको छ। 

साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुँदैछ। नेपालसहित पाकिस्तान र भुटानले अहिलेसम्म साफको उपाधि जित्न सकेका छैनन् । यी टिम अहिलेसम्म फाइनलमै पुग्न सकेका छैनन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved