यस्तो छ नेपालको आजको टिम: करण केसी र ज्ञानेन्द्र मल्ल परेनन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2023 | 09:00:24 AM मा प्रकाशित

laxmi sunrise bank

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतको अन्तिम खेलमा युएईले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ । यस सँगै नेपालले पहिले बलिङ गर्ने भएको छ । 

आजको टिममा नेपालले एक परिवर्तन गरेको छ । अक करण केसी, ज्ञानेन्द्र मल्ल , र प्रतिस जिसी बेन्चमा रहने छन् । अर्थात् उनीहरुले आजको खेल खेल्ने छैनन् । आजको टिममा रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजबंशी, भिम शार्की, कुशल मल्ल, आरिफ शेख, गुल्शन झा र सन्दिप लामिछाने रहेका छन् । 

यो लिग कै अन्तिम खेल हो । यो खेल नेपालको लागि सबैभन्दा महत्वपूर्ण छ ।  यो खेल जितेमा नेपालले  सिधै एक दिवसीय विश्वकप ग्लोबल  छनौट खेल्न पाउने छ। आजको खेलको लागि समर्थकहरु राति देखि नै टियु क्रिकेट मैदान पुगिसकेका छन् । आज नेपाललाई समर्थन गर्न काठमाडौँ बाहिरका समर्थकहरुपनि ठूलो संख्यामा काठमाडौँ आएका छन् । बाजागाजा सहित समर्थक टियु मैदान पुग्ने छन् भने लोकदोहोरीको टिम पनि मैदनामा जाने छ ।

हाल अंक तालिकामा नेपाल ३८ अंक सहित चौथो स्थानमा छ। नेपालले युएई विरुद्दको खेल पनि जिते नेपालको ३६ खेलबाट ४० अंक हुने छ । ४० अंक हुँदा नेपाल अंक तलिकामा नामिबियालाई पछाडी पार्दै तेस्रो स्थानमा उक्लने छ । युएईलाई पराजित गर्दै नेपालले अंक तालिकामा तेस्रो स्थान हाँसिल गरेमा नेपालले  सिधै एक दिवसीय विश्वकप ग्लोबल  छनौट खेल्न पाउने छ एक दिवसीय विश्वकप ग्लोबल छनौट जिम्बाबमा हुने छ।  विश्वकप ग्लोबल छनौटमा १० टिम रहने छन् । यसमा शिर्ष २ मा रहने २ टिमले आगामी वर्ष भारतमा हुने ५० ओभरको विश्वकप खेल्न पाउने छन् ।  

तर वर्षाको कारण अंक बराबर गर्नु पर्ने बाध्यता आयो भने नेपाल र नामिबियाको समान ३९ अंक हुनेछ र राम्रो रन रेट भएकोले नेपाल भन्दा मथि रही नामिबिया सिधै एक दिवसीय विश्वकप ग्लोबल  छनौट खेल्न पाउने छ

नेपालले युएईसंगको यो अन्तिम खेल नजिते पनि नेपालले एक दिवसीय विश्वकप ग्लोबल  छनौट खेल्न पाउने सम्भावना कायम नै रहने छ। तर त्यसको लागि ६ देश सम्मिलित अर्को छनौट खेल्नु पर्छ र ति ६ देश मध्ये शिर्ष २ मा रहन सक्नु पर्छ । यदि शिर्ष २ मा पर्न सकेन भने विश्वकप छनौट खेल्ने सम्पूर्ण सम्भावना बन्द हुन्छ।  नेपालको दिवसीय बरियता कायम नै रहने पक्का भईसकेको छ। 

यस अघि : 

बिहिबार हुने नेपाल र युएईबीचको खेलमा पानी पर्ने सम्भावना कति ? 


बिहिबारको खेलको टिकट बिक्रीबाट आएको सम्पूर्ण पैसा खेलाडी कै लागि खर्च गर्ने घोषणा 


बिहिबार नेपाली क्रिकेटको ऐतिहासिक 'फाइनल' खेल, लोकदोहोरी कलाकारदेखि पन्चेबाजासम्म तयार 


बिहिबार हुने नेपाल र युएईबीचको खेलको सबै टिकट सकियो 


क्युआर देखिने गरि युएईसँगको खेलको टिकट सामाजिक संजालमा शेयर नगर्न आग्रह 


एनएमबि बैंकले राष्ट्रिय क्रिकेट टोलीका १६ खेलाडीलाई २१ हजार दिने 


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved