धरौटी रकम फिर्ता लैजान पर्वतारोहण संघको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 01:03:36 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमाल आरोहणका क्रममा फोहोरमैला व्यवस्थापनका लागि राखिएको गारबेज धरौटी रकम फिर्ता लैजान नेपाल पर्वतारोहण संघ (एनएमए) ले कम्पनीहरुलाई आग्रह गरेको छ । 

संघले व्यवस्थापन गरेको हिमाल आरोहणका लागि राखिएको धरौटी रकम कम्पनीहरुले फिर्ता नलगेपछि एक सूचना प्रकाशन गर्दै फिर्ता लैजान अनुरोध गरेको हो । ४ कम्पनीहरुले विगत ८ वर्षदेखि र ५ कम्पनीहरुले ३ वर्षदेखि धरौटी रकम फिर्ता नलगेपछि संघले ३५ दिनभित्र फिर्ता नलगे जफतको तयारी गरिएको संघका महासचिव कुलवहादुर गुरुङले जानकारी दिए । 

पटक/पटक अनुरोध गर्दा समेत ९ वटा कम्पनीहरुले धरौटी रकम फिर्ता नलिदा संघको लेखापरीक्षणमा समस्या हुने गरेको उनी बताउँछन् । उनका अनुसार गत असोज २९ गते संघको केन्द्रीय सचिवायलको बैंठकले धरौटी राखिएको २ वर्षभित्र रकम फिर्ता नलगेमा जफत गर्ने निर्णय गरिएको छ । 

लामो समयसम्म रकम बाँकी रहँदा लेखापरीक्षणमा समस्या भएको एनएमएले जनाएको छ । संघले मङ्सिर १२ गते एक सूचना प्रकाशन गर्दै ३५ दिनभित्र उक्त रकम फिर्ता नलगेमा स्वत संघको आम्दानी हुने भन्दै फिर्ता लैजान कम्पनीहरुलाई आग्रह गरेको छ । 

संघले आरोहण व्यवस्थापन गरेको हिमाल आरोहणका लागि प्रति समूह ५ सय अमेरिकी डलर गारबेज धरौटीस्वरुप राख्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved