नेपाल घुम्ने पर्यटक १० लाख बढी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2018 | 04:02:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा यसवर्ष १० लाख पर्यटक आएका छन् । गएको जनवरीदेखी नोभेम्बरसम्म १० लाख १ हजार ९३० विदेशीले नेपाल भ्रमण गरेका छन् । यो गत वर्षको यही अवधिको तुलनामा १७ प्रतिशतले बढी हो । यसमा हवाईमार्गबाट आउने पर्यटकको मात्रै गणना नगरिएको पर्यटन बोर्डले जनाएको छ ।
यसवर्षको हालसम्मको अवधिमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट गतवर्ष १ लाख ४४ हजार ३७९ पर्यटक आएका थिए । यसवर्षको हालसम्म १ लाख ७८ हजार १३० पर्यटक आएका छन् । सबैभन्दा धेरै पर्यटक आउने दोस्रो मुलुक चिनबाट यसवर्ष १ लाख ३४ हजार ३६२ पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गतवर्ष ९३ हजार ६५४ मा सिमित थियो । अमेरिकाबाट गतवर्षको यसअवधिमा ७३ हजार ६५० पर्यटक नेपाल आएकोमा यसवर्ष ८२ हजार ८७० पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् ।
नेपाल आउने बेलायती पर्यटक पनि बढेका छन् । गतवर्ष ५० हजार ६५२ पर्यटक नेपाल आएकोमा यसवर्ष ५७ हजार ५५५ बेलायती पर्यकटले नेपाल भ्रमण गरिसकेको बोर्डले जनाएको छ । त्यस्तै सबैभन्दा धेरै पर्यटक नेपाल आउने अर्को मुलुक हो जर्मनी । जर्मनीबाट यसवर्षको हालसम्म ३४ हजार ४७९ पर्यटक नेपाल आएका छन् । गतवर्ष यस अवधिमा २८ हजार ७०२ जर्मन नागरिकले नेपाल भ्रमण गरेका थिए ।

पर्यटन बोर्डले सार्वजनिक गरेको तालिका :




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved