
पूर्व राष्ट्रिय फुटबल खेलाडी गोपाल श्रेष्ठले सगरमाथा आरोहण गर्ने भएका छन् । एचआईभी/एड्स संक्रमित ५६ वर्षीय श्रेष्ठ शुक्रबार सगरमाथा आरोहणका लागि जाने भएका छन् ।
एचआईभी संक्रमितले पनि समाजमा योगदान गर्न सक्छन् भन्ने सन्देश फैलाउन श्रेष्ठले सगरमाथा आरोहण गर्न लागेको जानकारी दिए । श्रेष्ठले यस अघि सन् २०१५ मा सगरमाथा आरोहण अभियान सुरु गरेपनि सफल भएका थिएनन् ।
आरोहणका लागि ४३ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको र त्यसका लागि ३० लाख रुपैयाँ संकलन भईसकेको छ ।