पाटा नेपालले थाल्यो निःशुल्क हस्पिटालिटी तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2021 | 05:39:17 PM मा प्रकाशित

laxmi  sunrise bank

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले निशुल्क अनलाइन हस्पिटालिटी तालिम सुरु गरेको छ । पर्यटन तथा हस्पिटालिटी व्यवसाय, विद्यालय र संस्थामा आवद्ध सरोकारवालाले प्रयोग गर्न सक्ने गरी निःशुल्क अनलाइन तालिम अभियान सुरु गरिएको पाटा नेपाल च्याप्टरले जनाएको छ । 

यस सम्बन्धमा पाटा नेपालका सीईओ सुरेश सिंह बुडाल र टिप्सीका एसिया प्यासिफिक क्षेत्रीय निर्देशक टोनी बोल्फबीच हस्ताक्षर पनि भएको छ । 

टिप्सी विश्वका पर्यटन तथा हस्पिटालिटी प्रोफेशनल प्रशिक्षकद्वारा निर्मित पर्यटन तथा आतिथ्य उद्योगका लागि अनलाइन शिक्षा प्रदान गर्ने पाठ्यक्रम हो । यो प्लेटर्फमले कम्प्लाइन्स, व्यवसाय, व्यवस्थापन, पेय पदार्थ, पाककला, होटल र सेवा सम्बन्धि १ हजार भन्दा बढी अनलाइन पाठहरूमा पहुँच प्रदान गरिरहेको छ ।

टिप्सी लाइब्रेरीले पर्यटन र आतिथ्य क्षेत्रमा आवद्ध वा आवद्ध हुन ईच्छुक प्रोफेशनललाई सीप विकास गर्न, दक्ष बनाउन, आत्मविश्वास बढाउन प्रोत्साहित गर्ने पाटा नेपालले जनाएको छ । टिप्सीमार्फत पाठ र पाठ्यक्रममा तत्काल पहुँच प्राप्त गर्न सक्छन् । यसमा डाउनलोड गर्न मिल्ने सामग्री, हिज्जे र स्वीकृत सर्टिफिकेट प्राप्त गर्छन् ।

नेपालमा पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा आबद्ध सम्पूर्ण व्यवसाय, कलेज र संस्थाले यो सुविधा प्राप्त गर्न सेप्टेम्बर २०२१ सम्म दर्ता गर्नुपर्ने छ । दर्ता गरेको एक हप्ताभित्र आवश्यक अकाउण्ट लग ईन विवरणको साथ टिप्सीको एक प्रतिनिधि ईमेलमार्फत सम्पर्कमा रहनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved