सीईओ रेग्मीलाई बर्खास्त गर्ने मन्त्री आलेको तयारी, बहुमत पुर्याउन आजै सदस्य नियुक्त गर्दै

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 18, 2022 | 12:58:01 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मीलाई जसरी पनि हटाउने अभियानमा लागेका छन् । उनले यसका लागि पूर्व तयारी गरिरहेका छन् ।

सोही तयारी अनुरुप पर्यटन बोर्डमा निजी पर्यटन व्यवसायीका तर्फबाट २ जना बोर्ड सदस्य आजै नियुक्तिको तयारीमा मन्त्री आले लागेका छन् । यसका लागि उनले बुधबार मात्रै सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा माया शेर्पा र राजेन्द्र सापकोटा सदस्य रहेको सिफारिस समिति बनाएका थिए । 

‘फास्ट ट्र्याक’मा काम गर्ने गरी बनाईएको समितिले शुक्रबार २ सदस्यका लागि नाम सिफारिस गर्ने तयारी गरेको छ । बिहिबारबाट विप्लव पौडेल र पम्फा धमलाको कार्यकाल सकिएको छ । त्यसैले शुक्रबार नै नयाँ सदस्य नियुक्तिको हतारोमा मन्त्री आले लागेका हुन् ।

बोर्डमा बहुमत पुर्याउने दाउमा मन्त्री

मन्त्री आले बोर्डका सीईओ डा. धनञ्जय रेग्मीलाई हटाउने अन्तिम तयारीमा छन् । डा. रेग्मीलाई हटाउनकै लागि मन्त्री आलेलाई आजै नयाँ बोर्ड सदस्य आवश्यक परेको हो ।

सीईओ रेग्मीविरुद्ध जाँचबुझ गर्न गठित समितिले सोधेको ४ दिने दोस्रो स्पष्टिकरण उनले फागुन ४ गते बुझेका थिए । उनले फागुन ७ गतेसम्म स्पष्टिकरण बुझाउनुपर्ने छ । तर, ७ गते शनिबार परेकाले उनले आइतबार दोस्रो स्पष्टिकरणको जवाफ बुझाउने अनुमान गरिएको छ । समितिले सीईओ डा. रेग्मीलाई ‘तपाईंलाई किन बर्खास्त नगर्ने’ भनेर सोधेको छ । 

आइतबार उनले स्पष्टिकरण बुझाए पनि नबुझाएपनि सोमबारसम्म बोर्ड बैठक राखेर उनलाई बर्खास्त गर्ने ‘फइनल मुड’मा मन्त्री आले पुगेका छन् । सोमबार बोर्ड बैठक बस्नुअघि हिजोबाठट रिक्त भएको २ सदस्य पदमा जसरी पनि शुक्रबारै नियुक्ति गर्न मन्त्री आले जोडबलले लागेका छन् ।

यदि सोमबार अगाडी नै रिक्त सदस्य नियुक्त गर्न नसके बोर्डमा बहुमत नपुग्ने जोखिम छ । बोर्डमा निजीक्षेत्रबाट प्रतिनिधित्व गर्ने ५ जना बोर्ड सदस्यबाहेक बाँकी सदस्य सरकारी प्रतिनिधि हुन्छन् । उनीहरू बोर्डमा पदेन सदस्य मात्रै हुन् । त्यहाँ प्राइभेट सेक्टरबाट गएका ५ जनाको समर्थनबिना बोर्ड बैठकमा अध्यक्ष तथा पर्यटन सचिव एक्लैले निर्णय गर्न सक्ने अवस्था हुँदैन । 

त्यसैले मन्त्री आले ढिलोमा आइतबारसम्म बोर्डमा नयाँ सदस्य नियुक्त गरेरै छाड्ने कसरतमा छन् ।

को बन्ला बोर्ड सदस्य ?

निजी क्षेत्रबाट बोर्ड सदस्य हुने ५ जनामध्ये ३ जनामा उपाध्यक्ष चन्द्र रिजाल, ङवाङ शेर्पा र कृष्ण शाहको कार्यकाल २ वर्ष बाँकी छ । नयाँ बोर्ड सदस्यका लागि नेकपा एकिकृत समाजवादीनिकट पर्यटन व्यवसायीहरुले लविङ गरिरहेका छन् । मदन आचार्य र कुमार थापा (अन्जान) ले लविङ गरिरहेको बताइन्छ । 

तर, रिक्त २ जनामध्ये १ जना महिला भएकाले १ जना महिलालाई बोर्ड सदस्य बनाउनैपर्ने बाध्यतामा मन्त्री आले छन् । कार्यकाल सकिएका २ मध्ये एक माओवादी निकट भएकाले अहिले फेरि माओवादीले पनि यसअघि आफूले पाएको कोटा पुनः पाउनेपर्ने दाबी गरेर आलेलाई हैरानी दिएको छ । 

सिफारिस समितिका कुनै पनि सदस्यलाई बाहिर बोल्न मन्त्री आलेले बन्देज लगाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved