रामेछापको मानेडाँडासहित थप ४ स्थानमा तोकियो ‘प्याराग्लाइडिङ जोन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2023 | 11:26:25 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपालमा थप ४ स्थानमा ‘प्याराग्लाइडिङ जोन’ तोकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले थप ४ स्थानमा प्याराग्लाइडिङ जोन तोकेको हो।

क्यानका अनुसार रामेछापको मानेडाँडा, दाङको राप्ती, मकवानपुरको चित्लाङ र स्याङ्जाको आँधीखोलामा प्याराग्लाइडिङ जोन तोकिएको हो ।

यसमध्ये चित्लाङमा चन्द्रागिरिबाट प्याराग्लाइडिङको व्यवसायिक उडान सुरु भइसकेको छ । 

पोखराबाट सुरु भएको प्याराग्लाइडिङ खेल अहिले देशका विभिन्न स्थानमा विस्तार हुने क्रम बढिरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved