पर्यटनमा विदेशी लगानी गर्नुपर्ने पर्यटनमन्त्री तामाङको भनाइ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2024 | 03:52:22 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले विदेशी लगानीकर्ताहरुलाई नेपालको पर्यटनमा लगानी गर्न स्वदेशका उद्योगी व्यवसायीहरूले समेत पहल गर्नुपर्ने बताएका छन् । 

मङ्गलवार नेपाल उद्योग परिसंघले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँगको अन्तरक्रियामा बोल्दै वैशाख तेस्रो हप्तामा हुने लगानी सम्मेलनलाई सफल बनाउन उद्योगी, व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने र अन्तर्राष्ट्रिय स्तरका लगानीकर्ताहरूलाई आह्वान गर्न आग्रह गरे ।

सबै मिलेर विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण बनेको छ भन्ने महसुस गराउन सके लगानी सम्मेलन सफल हुने बताए । 

उनले उद्योगी व्यापारीहरूले होटल क्षेत्रमा ठूलो लगानी गरेको तर पर्यटकहरूको कमीले आफूलाई सुरक्षित महसुस गर्न नसकेको भन्दै सरकारले पर्यटन क्षेत्रका समस्या समाधानका लागि आवश्यक कदम चालिरहेको जानकारी पनि गराए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved