हायात होटल असार १६ सम्म बन्द रहने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2020 | 06:53:19 PM मा प्रकाशित

laxmi  sunrise bank

हायात रिजेन्सी होटेल असारसम्म बन्द हुने भएको छ । चैत्र ९ बाट बन्द रहेको होटेलले आइतबार एक सूचना निकाल्दै असार १६ गतेसम्म बन्द रहने जनाएको छ । 

लकडाउन खुलेपनि होटेल संचालन गर्न नसकिने भन्दै असारसम्म बन्द गर्ने निर्णय भएको होटेलका महाप्रवन्धक राजेश रामदासले बताएका छन् । उनका अनुसार कर्मचारीसमेत आउन सक्ने अवस्था नरहेका कारण होटलको बन्द अवधि लम्ब्याईएको हो । 

होटेलले कामदार, कर्मचारी र व्यवस्थापकलाई असार १६ सम्म जगेडामा राख्ने निर्णय गरेको छ । जगेडामा रहेको अवधिमा कर्मचारी तथा श्रमिकले आधा तलव पाउने छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved