पाँच तारे होटलका मजदूरलाई १० हजार पारिश्रमिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2020 | 06:11:12 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल र मजदूरबीच ६ बुँदे सहमति भएको छ । पारिश्रमिक नपाएको भन्दै होटल मजदूरहरु आन्दोलित भएपछि होटल संघ नेपाल (हान) ले मजदूरसँग वार्ता थालेको थियो । 

हानका अनुसार होटल व्यवस्थापन र कर्मचारीहरुबीच उद्योग विनाको कर्मचारी र कर्मचारी विनाको उद्योगको परिकल्पना गर्न नसकिने भन्दै अन्तरिम व्यवस्था गरिएको छ । २०७७ असार २८ गते होटल संघ नेपाल र कामदार तथा कर्मचारीहरुको तर्फबाट केन्द्रीय ट्रेड युनियनहरुबीच सहमति भएको हो । 

होटल संघ नेपालका अध्यक्ष सृजना राणा, नेपाल स्वतन्त्र होटल मजदुर युनियनका तर्फबाट अध्यक्ष सूर्य कुँवर, अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट मजुर संघको तर्फबाट अध्यक्ष माधव पाण्डे र नेपाल पर्यटन तथा स्वतन्त्र होटल सम्बद्ध श्रमिक संघका तर्फबाट अध्यक्ष खेमराज खड्काले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

यस्ता छन् सहमतिका बुँदाहरुः

१. 

क) यो सम्झौताको अप्रिल १३, २०२० देखि ३१ डिसेम्वर, २०२० सम्म लागू हुनेछ ।

ख) डिलक्स पाँचतारे (दुईसय भन्दा माथि कोठा भएको) होटल तथा सोहि स्तरको रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक रू.१०,०००÷–(दश हजार) रकम उपलब्ध गराईनेछ ।

(ग) दुई सय कोठा भन्दा कम भएको पाँचतारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक रू.९,०००÷–रकम उपलब्ध गराईनेछ ।

(घ) सय कोठा भन्दा बढि भएको चार तारे होटल  तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक रू.८,४५५÷– रकम उपलब्ध गराईनेछ ।

(ङ) सय कोठा भन्दा कम भएको चार तारे होटल  तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक रू.८,०००÷– रकम उपलब्ध गराईनेछ ।

(च) तीन तारे तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक रू. ५,०००÷–रकम उपलब्ध गराईनेछ ।

(छ) दुई तारे तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक रू. ४,३००÷–रकम उपलब्ध गराईनेछ ।

(ज) एक तारे र पर्यटक स्तरीयको होटल तथा रिर्सोटहरूले आपसी समझदारीमा रकम उपलब्ध गराईनेछ ।

(झ) यो सम्झौता अवधिभरी माथी उल्लेखित रकम बाहेक अन्य सुविधा उपलब्ध गराइने छैन् । 

(ञ) होटल सञ्चालन गर्नको लागि आवश्यकता बमोजिम व्यवस्थापनले चक्रीय प्रणाली अनुसार आलोपालो गरी काममा लगाइएका श्रमिक, कर्मचारीहरुलाई साबिक अनुसार पारिश्रमिक भुक्तान गर्नुपर्नेछ । काममा नबोलाइएको ⁄ नलगाएको श्रमिक, कर्मचारीहरुलाई यसै सम्झौतामा उल्लेख गरिए बमोजिमको रकम भुक्तान गनुपर्नेछ । प्रतिष्ठान व्यवस्थापन पक्षले काममा बोलाएको अवस्थामा उपस्थित भई आफ्नो कार्य गर्नु श्रमिक, कर्मचारीहरुको कर्तव्य हुनेछ ।   

ट) बन्दाबन्दीको अवस्था रहेसम्म प्रत्येक महिना २ (दुई) दिन र बन्दाबन्दी ९ीयअप मयधल० खुलेपछि प्रत्येक ३० (तीस) दिन काममा नवोलाएमा ४ (चार) दिनका दरले यो सम्झौताको अवधिभरी हुन आउने सञ्चित बिदाबाट कट्टा गरिनेछ । 

२. यो सम्झौतामा उल्लिखित शर्त र सहमतीहरु ३१ डिसेम्वर, २०२० सम्म लागू हुनेछ र त्यस पछिको अवस्थालाई मूल्यांकन गरी आपसी समझदारीमा टुंगो लगाइनेछ । 

३. यो सम्झौताको कार्यान्वयन र परिपालन गराउने कार्य होटल संघ नेपाल र पर्यटन तथा होटल क्षेत्रमा क्रियासिल केन्द्रीय स्तरका सम्झौताकर्ता ट्रेड युनियन संघहरू बीच गठन भएको अधिकार सम्पन्न संयुक्त कार्यदलले गर्नेछ ।

४. सम्झौता अवधिभित्र स्वेच्छिक अवकाश लिन चाहने, आफ्नो स्वेच्छाले राजिनामा दिई सेवाबाट अलग हुन चाहने र उमेरको हदको कारण अवकाश पाउने वा अन्य अवस्थामा श्रमिक, कर्मचारीको सेवा अन्त्य हुदाँ बन्दाबन्दी अगाडि खाईपाई आएको सुविधा दिई सेवा अन्त्य गर्न पाइनेछ । 

५. यदि कुनै श्रमिक वा कर्मचारीले उल्लेखित सम्झौता अवधिभर रकम प्राप्त गरी  सम्झौता अवधि समाप्त भएपछि एक महिना अगावै सुचना नदिई तुरुन्तै कामबाट अलग हुन चाहेमा यो सम्झौता अनुसार निजले बुझिलिएको रकम निजले प्रतिष्ठानबाट पाउने उपदान वा अन्य कुनै शिर्षकको रकमबाट कट्टी गरिनेछ । 

६. यो सम्झौतामा उल्लिखित शर्तहरु दुवैपक्षको लागी बाध्यकारी हुनेछ । यो सम्झौतामा उल्लेख गरिए बाहेक अन्य विषयहरुमा प्रतिष्ठानस्तरका क्रियाशिल  यूनियनहरुसँग बसी छलफल गर्न सकिनेछ । साथै यो सम्झौता हुनु भन्दा अगावै प्रतिष्ठान स्तरको युनियनसँग गरिएको सम्झौता तथा सहमति कायम रहनेछ ।’’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved