हेल्लो सरकार ! ४ हजारले काठमाडौँमा कसरी गुजारा चलाउने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2020 | 09:39:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले कोरोना भाइरस (कोभिड–१९) का कारण सबैभन्दा धेरै प्रभावित बनेको पर्यटन क्षेत्रका लागि सहुलियतपूर्ण पुनर्कर्जाको व्यवस्था गरेको छ । धेरै प्रभावित भएको भन्दै नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिमार्फत ऋणको साँवा ब्याज भुक्तानी गर्ने समय थप गरेको छ ।

मौद्रिक नितिमा हवाइ व्यवसाय, यातायात, होटल, रेष्टुराँलगायतका पर्यटन क्षेत्रसँग सम्बन्धीतका लागि चालु पुँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनर्कर्जा प्रवाहमा प्राथमिकता दिएको छ । राष्ट्र बैंकबाट विभिन्न सहुलियत पाइरहँदा होटल, क्यासिनो तथा रेस्टुरेन्ट क्षेत्रमा कार्यरत श्रमिकहरुलाई भने आफ्नी दैनिक खर्च टार्न पनि मुश्किल छ  । 

होटल संघ नेपाल (हान) र मजदुर संगठन बिच बैशाख १ गतेदेखि पुस १६ गतेसम्मका लागि न्युनतम ४ हजारदेखि १० हजारसम्म सुविधा पाउने गरी सहमति भएको थियो। दुई देखि तीन हजारसम्म श्रमिक आबद्ध रहेको संगठनमा बिषम परिस्थितिलाई देखाउदैँ न्युनतम सेवा दिने गरी सहमति गरिएको हो । 

धेरैले यसलाई मजुदरमारा सहमति भनेपनि यो सहमति श्रमको हितमा भएको मजदुर संगठनका नेताहरु बताउँछन् । होटेल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियनका अध्यक्ष सूर्यवहादुर कुँवर काम नगरेका कर्मचारीको हकमा न्युनतम सेवासुविधा लागु हुने गरी सहमति गरिएको बताउँछन् । 

‘हालको अबस्थामा सबै स्थानमा पहिलाका जस्तै कामदारहरु राखि काम गर्नसक्ने अवस्था छैन्, पहिला काम गरेका तर बन्दाबन्दीका कारण काममा नआएका श्रमिकलाई लक्षित गर्दै बैशाख १ गतेदेखि पुस १६ गतेसम्म पहिलो चरणका रुपमा काममा नआएका श्रमिकका लागि न्युनतम सेवासुविधा तोकिएको हो, उनले भने ।’ 

उनी हालको अवस्था अनुसार अझैँ लामो समयसम्म सेवामुलक क्षेत्रमा समस्या देखिने सम्भावना रहेकोले काम नै नभएर घरमै बसेका श्रमिकका पक्षमा नयाँ नियम लागु गरेको बताउछन् । उनी भन्छन् ' काम गरिरहेका श्रमिकका पक्षमा नभएर बन्दाबन्दीले काम बिहिन भएका श्रमिकको समस्यालाई ध्यानमा राख्दै हामीले श्रमिकको पक्षमा सहमति गराएका हौँ, बेरोजगार बस्न भन्दा ४ हजरादेखि १० हजार सम्मको सुविधा घरमै बसेर पाउछन् । '

न्युन सख्यामा मात्र कामदार राखेर सेवालाई निरन्तरता दिने सरकारको निर्णय अनुसार काम नगरेको दिनको समेत तलव पाउने गरी सहमति गरिएको उनको भनाई छ । उनका अनुसार युनियनले काम गर्दै आएका कामदारको रोजगारीको सुनिश्चितता, बिदामा बसेका श्रमिकलाई न्युनतम सेवासुविधा पाउने गरी सहमति गरिएको हो । कुबँरका अनुसार कार्यरत श्रमिकले पहिला नै पाउदैँ आएका सेवासुविधा पाउँछन् भने काम नगरेका कामदारले घरमै बसेर भएपनि ४ हजारदेखि १० हजार सम्म मासिक रुपमा सेवा सुविधा पाउँछन् । 'घरमा बसेर न्युनतम सेवा पाउदा उनीहरुलाई केही सहज हुन्छ भनेर नै हामीले बैशाख देखि पुस सम्मका लागि यस्तो सम्झौता गरेका हौँ' ', उनले भने । 

यस सँगै अब काठमाडौँ जस्तो महंगी भएको ठाउँमा ४ हजारले कसरी घर चलाउने भन्दै पिडित श्रमिकहरुले गुनासो गर्न थालेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved