वर पिपल रिसोर्टले ल्यायो छुट प्याकेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2020 | 01:39:15 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखराको वर पिपल रिसोर्टले तिहार र छठकालागि छुट प्याकेज सार्वजनिक गरेको छ । लेकसाइडको २८ नम्बर स्ट्रीटमा यसै बर्षबाट सन्चालनमा आएको रिसोर्टले आन्तरिक पर्यटकलाई लक्षित गरि २ रात ३ दिनको छुट प्याकेज सार्वजनिक गरेको छ। 

छुट अन्तर्गत डिलक्स रुम प्याकेजको ११ हजार ९ सय ९८, सिङ्गल डिलक्स रुम प्याकेजको ९ हजार ९ सय ९८ छ भने फ्यामिली डिलक्स रुम प्याकेजको १४ हजार ९ सय ९९ र स्वीट रुम प्याकेजको १९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ। प्याकेज अन्तर्गत रुम सहित बसपार्क वा एयरपोर्टबाट पिक एण्ड ड्रप सुबिधा, २ दिन सेट ब्रेकफास्ट, १ दिन लन्च अथवा डिनर, साउना १ घण्टा, स्विमिङ पुलको सुबिधा प्याकेजमै उपलब्ध भएको रिसोर्टका अध्यक्ष जितु गुरुङले बताए। 

रिसोर्टमा स्वीट रुममा ज्याकुजीको सुबिधा समेत छ।  ग्राहकले स्पामा २० प्रतिशत र बेभरेजमा समेत १५ प्रतिशत छुट पाउने गुरुङले जानकारी दिए। 

रिसोर्टको रुमबाटै फेवाताल, शान्ति स्तुपा र वरपरको दृश्य अवलोकन गर्न सकिन्छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved