टंगालमा खुल्यो मिडलइष्टका परिकार पाइने ‘अलेभ केबाब सल्टनेट’, शतप्रतिशत हलाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2021 | 03:00:49 PM मा प्रकाशित

laxmi  sunrise bank

मध्यपूर्वका देशबाट नेपाल आउने पर्यटकलाई लक्षित गरी अलेभ केबाब सल्टनेट सञ्चालनमा आएको छ । ‘हलाल खाना’ नहुँदा मध्यपूर्वका देशबाट नेपाल घुम्न आउने पर्यटकहरुको संख्या बढ्न नसकेको अवस्थामा सत प्रतिशत हलाल खानाको प्रवन्धसहित काठमाडौँको टंगालमा अलेभ केबाब सल्टनेट सञ्चालनमा आएको हो ।

अलेभ केबाब सल्टनेटमा टर्कीबाट मसला आयात गरी ५० थरीका हलाल परिकार तयार गर्न सुरु गरिएको सञ्चालक कृष्ण पौडेलले जानकारी दिए। उनका अनुसार टर्कीबाट एक जना ‘सेफ’ झिकाएर परिकार बनाउन थालिएको हो । सल्टनेटका मुख्य सेफ भने चीन र मध्यपूर्वमा बसेर हलाल खाना बनाइसकेका प्रकाश कटुवाल छन् । 

बिहान ७ः३० देखि राती ९ः३० सम्म खुल्ने यो सल्टनेटले हरेक सिजनमा सुन्तलाको ताजा जुस उपलब्ध गराउने छ । सञ्चालनको तयारी भईरहँदा नै कतारी राजदूत र टर्कीस एयरलाइन्सका एशियन निर्देशकले भिजिट गरिसकेका थिए । 

‘कबाब भन्ने वित्तिकै यो मुस्लिम खानाको परिकार हो, मध्यपूर्वका देशसँग अहिले नेपालको भारतसँगको जस्तै सम्बन्ध स्थापित हुँदैछ’ सञ्चालक पौडेलले भने, ‘हाम्रा लाखौँ दाजुभाई दिदीबहिनीहरु रोजगारीका लागि ती देशहरुमा पुगेका छन्, उनीहरुले त हलाल खाना खाएका हुन्छन्, नेपाल फर्केर खाना खोज्दा नपाउने अवस्था छ । त्यसैले हामीले मध्यपूर्वका देशबाट नेपाल आउने पर्यटक, युरोपीयन देशहरुबाट आउने पर्यटक र मध्यपूर्वमा रोजगारीका लागि पुगेर पछि स्वदेश फर्केपछि हलाल खाना खोज्नेहरुका लागि सुविधा उपलब्ध गराउन 'अलेभ केबाब सल्टनेट' खोलेका हौँ ।’

उनका अनुसार फे्रञ्चाइज मोडलमा देशका विभिन्न शहरहरुमा सेवा उपलब्ध गराउने उदेश्य अनुसार निकट भविष्यमा नै पोखरामा सेवा सञ्चालनको तयारी भईरहेको छ । सल्टनेटमा पहिलो चरणमा १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved