हानले भन्यो, ‘नेपाललाई रेड जोनबाट हटाउन पहल गरौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2021 | 06:05:35 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल एसोसिएसन अफ नेपाल (हान)ले नेपाललाई अन्तराष्ट्रिय स्तरमा रेड जोनमा राखिएको र त्यसलाई हटाउन पहल गर्न सरकारलाई अनुरोध गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा हानले विज्ञप्ति जारी गरी ४० प्रतिशतभन्दा बढी नागरिकहरुले कोभिडविरुद्धको खोप लगाइसकेकाले अब रेड जोनबाट हटाउने पहल गर्न आग्रह गरेको हो । 

यदि नेपाललाई रेड जोनबाट हटाउन सकिए नेपालमा विदेशी पर्यटकको आगमन हुने हानले विश्वास लिएको छ । हानले सरकारले घोषणा गरको १० दिने पर्यटन बिदा र अन्तराष्ट्रिय पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था पनि अविलम्ब लागू गर्न अनुरोध गरेको छ ।

‘विश्व पर्यटन दिवस २०२१ को अवसरमा सेवा सुविधा उपलब्ध गराउन हामी सम्पूर्ण पर्यटन व्यवसायी पर्यटनका लागि एक स्वर गरी अगाडि बढ्ने पनि यसैसाथ प्रतिबद्धता व्यक्त गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved