याक एण्ड यतीले भन्यो, ‘वर्गीकरण खोस्ने र होटल बन्द गर्ने निर्णय पूर्वाग्रही’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2022 | 05:23:32 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल याक एण्ड यतीले पाँच तारे वर्गीकरण खोसेर होटल बन्द गर्ने सरकारको निर्णय पूर्वाग्रहीपूर्ण भएको दाबी गरेको छ । बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै होटल सञ्चालकले यो निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । 

सञ्चालनमा नै नरहेको क्यासिनोको रोयल्टी वापतको रकम देखाएर वर्गीकरण खोस्ने र होटल बन्द गर्ने निर्णय पूर्वाग्रहीपूर्ण रहेको दाबी होटल सञ्चालकको छ ।

आफ्नो नाममा क्यासिनो नै नरहेको कम्पनीका कर्पोरेट सल्लाहकार रमन कर्ण बताउँछन् । क्यासिनो सञ्चालनलाई जुवा ऐनबाट हटाइ क्यासिनो नियमावली २०७० अन्तर्गत राखिएपछि याक एण्ड यतीले क्यासिनो नै सञ्चालन नगरेको दाबी कर्णको छ ।

कर्णले पर्यटन मन्त्रालयले २०७१ वैशाख ५ मा पत्र लेख्दै याक एण्ड यतीमा सञ्चालित क्यासिनो इजाजत–पत्र खारेज गरिएको जानकारी गराएको र क्यासिनो नियमावलीअनुसार याक एण्ड यतीले निर्धारित म्याद भित्र अनुमति पाउन कुनै निवेदन नदिएकाले अनुमति–पत्र खारेज भएको बताएका छन् । 

२०७१ मै इजाजत–पत्र खारेज भएपछि होटल याक एण्ड यतीको नाममा आजका दिनसम्म क्यासिनो नरहेको उनको दाबी छ । 

क्यासिनो रोयल्टी वापतको ४२ करोड २५ लाख रुपैयाँ पटकपटक ताकेता गर्दा समेत नतिरेको भन्दै पर्यटनमन्त्री प्रेम आलले बुधबार मन्त्रीस्तरीय निर्णयबाट पाँच तारे वर्गीकरण खोसेर होटल बन्दको निर्देशन दिएका थिए । 

होटल र क्यासिनो फरकफरक मुद्दा भएपनि राजनीतिक उदेश्य राखेर होटल बन्द गराइएको याक यण्ड यतीको दाबी छ । उसले यस निर्णय नसच्चिए अदालत जाने चेतावनी दिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved