४५ करोड चलखेलको समाचार बाहिरिएपछि लुम्बिनी प्रादेशिक अस्पताल भवनको टेण्डर रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2022 | 05:02:12 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनको टेण्डर रद्द भएको छ । ठेक्का प्रक्रियामै मिलेमतोको आशंका गर्दै आलोचना भएपछि टेण्डर रद्द भएको हो ।

१२ सय शैयाको १० तले भवन निर्माणको लागि गत फागुन ८ गते र चैत २ गते गरी २ पटक आह्वान गरिएको टेण्डर सार्वजनिक खरिद ऐनको दफा ३६ को उपदफा १ (ग) बमोजिम निर्णय अनुसार रद्द गरिएको हो । 

प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेका अनुसार आलोचना भएपछि टेण्डर रद्द गरिएको हो । 

यसअघिः
लुम्बिनी अस्पतालको टेण्डरमा ४५ करोड चलखेलको आशंका, मुख्यमन्त्री पनि मुछिए

टेण्डरमा २ निर्माण कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न मिल्ने गरी क्राईटेरिया बनाईएको थियो । 

रमेश शर्माको जेडआईईसी–शर्मा र रसुवाका काँग्रेस सांसद मोहन आचार्यको रसुवा जेभीले मात्रै टेण्डरमा सहभागी हुन मिल्ने गरी ठेक्का निकालिएको थियो ।

लुम्बिनी अस्पतालको टेण्डरमा ४५ करोड चलखेलको आशंका गरिएको थियो । यो प्रकरणमा मुख्यमन्त्री संलग्नता रहेको हुन सक्ने पनि अनुमान गरिएको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved